स्वयंसेवी भावना कम हुँदै गएको छ

माधव कार्की

बिम्मी रानी पन्ती
अध्यक्ष, प्रयासका पाईलाहरु

१. तपाईको नेतृत्वमा रहेको संस्थाले हालसम्म के, के कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ?
– जिल्ला प्रशासन कार्याल बाँकेमा बिधिवत रुपमा दर्ता भएर बाँके जिल्लामा दिगो शान्ती स्थापनाका लागि महिलाहरुको भुमिकाका बिषयमा पैरबी गर्ने काम देखी संस्था स्थापनाका शूरुवाती चरणमा महिला प्रौढ साक्षरता कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको थियो । महिला सशक्तिकरणका लागि आयआर्जन मुलक कार्यक्रमका साथै उनीहरुको लागि स्वास्थ्य सरसफाई कार्यक्रम पनि यस संस्थाले सञ्चालन गर्दै आएको छ । आदिवासी तथा जनजाती महिलाहरुको लागि नेतृत्व बिकास तालिम देखी संगठन निर्माण र उनीहरुको क्षमता अभिबृद्धि तालिम पनि प्रयासका पाईलाहरु संस्थाले प्रदान गर्दै आईरहेको छ । स्थानीय शासन तथा सामुदायीक बिकास कार्यक्रमका साथै बिपन्न बर्गहरुको लागि आयआर्जमुलक कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अगाडी बढाउँदै आएको यो संस्थाले हाल बिबिध कारण त्यति सक्रिय रुपमा काम गरेका छैन ।

२. यहाँहरुको सहकार्य कुन कुन सँस्था र निकायहरुसँग रहेको छ ?
– शुरुवाती चरणमा तत्कालिन जिल्ला बिकास समिति बाँके, जिल्ला शिक्षा कार्यालय, एसएमडी नेपाल र समाज कल्याण मन्त्रालयसँग समन्वय र सहकार्य रहेको थियो ।

३. यहाँहरुले कस्का लागि कहाँ कहाँ काम गर्नु भएको छ ?
– आदिवासी जनजाती तथा पिछडिएका महिलाहरुको आयआर्जन, सशक्तिकरणको लागि बाँके जिल्लामा रहेर काम गरेका छौं ।

४. हालसम्म गरिएका उल्लेखित कार्यहरु के के हुन ?
– महिलासँग सरोकार भएका सवालहरुलाई सार्बजनिक रुपमा उठान गर्ने, धेरै महिलाहरुलाई न्यायको लागि पहल गर्ने, महिला हिंसा बिरुद्धका मूद्धाहरुमा बहस, पैरवी, जातिगत बिभेद, बिपन्न बर्ग र पछाडी पारिएका बर्गलाई लक्षित कार्यक्रम सञ्चालन हाम्रा उल्लेखनिय कार्यहरु हुन् ।

५.सामाजिक क्षेत्रमा काम गर्दा के के चुनौतीहरु सामना गर्नुपरेको छ ?
– सामाजिक क्षेत्रमा काम गर्दा आर्थिक रुपमा धेरै चुनौतीहरु छन् । शुरुशुरुमा सबैमा स्वयंसेवाको भावना हुन्थ्यो र काम गर्न निकै सजिलो हुने गर्दथ्यो भने अहिलेको परिबेशमा समाजसेवाको भावना सबैमा पाउन गाह्रो छ । साथै स्थानीय सरकारको समन्वय र सहकार्य राम्रो सँग नहुँदा पनि काम गर्न निकै चुनौती छ ।

६. आगामी कार्यक्रम र योजनाहरु के के छन् ?
– हाल प्रयासका पाईलाहरु जिल्ला प्रशासन कार्यालयमा संस्था नबिकरण मात्र गर्ने काम भईरहेको छ । कही कतैबाट कार्यक्रमको लागि सहयोग प्राप्त नभएकाले संस्था निष्क्रिय जस्तै अबस्थामा छ । अब चाँडै संस्थालाई सक्रिय पारेर लैजाने योजना रहेको छ । साथै सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।

७. अन्त्यमा के भन्नुहुन्छ ?
– बिगतमा काम गरिरहेका र अहिले निष्क्रिय भएका संस्थाहरुलाई समेट्न प्रयास गर्ने र उनीहरुको निष्क्रिय हुनुको कारण बुझेर त्यसको समाधानका लागि सबैको प्रयास जरुरी छ साथै संस्थाहरुको सशक्तिकरणको लागि संस्थाका पदाधिकारीहरुको क्षमता अभिबृद्धिका लागि प्रयास गर्नु पर्ने देखी साझा मुद्धाहरुलाई सामुहिक रुपमा उठान गर्नु पर्ने देखिन्छ ।

 

  • ८ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech