नेपालका प्रथम सहिद बाकावीरको शालिक निर्माण

असल शासन प्रतिनिधि

कैलाली/ जङ्गबहादुर राणाको क्रूर दमनको विरुद्ध पहिलो पटक बिद्रोह गर्ने बाँकावीरको सालिक निर्माण गरिएको छ। राणा शासन विरुद्ध बाँकावीरले छापामार बिद्रोह गर्दा १९०६ मा उनको हत्या गरिएको थियो।

बाँकावीरको सम्मानमा वि २०८० साल असोज २८ गते उक्त सालिकको सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सिलन्यास गरेका थिए।

सालिक निर्माण गरिएको स्थानमा “बाँकावीर ऐतिहासिक तथा सांस्कृतिक पर्यटन पार्क” निर्माण गर्ने योजना रहेको रावलले बतए। बाँकावीरको योगदान बारे जानकारी दिन र राज्यबाट प्रथम सहिद घोषणा गर्न पहल गर्नुपर्ने रावलले बतएका छन् । उनले सुदूरपश्चिमका ८८ वटै पालिकामा स्थानीय पाठयक्रममा बाँकावीरको जीवनी र संघर्षको विषयवस्तु समावेश गर्न पहल गर्नुपर्ने फाउन्डेसनका अध्यक्ष रावले बताए। उनले बाँकावीरको जिवनीमा आधारित डकुमेन्ट्रीको छिट्टै छायांकन गरिने र राज्यले बाँकावीरलाई पहिलो शहिद घोषणा नगरेसम्म अभियानलाई निरन्तरता दिने बताएका छन् ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech