नयाँ बर्षको शुरुवाती सँगै सुर्तिजन्य पदार्थको निषेध

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ बर्ष २०८१ बैशाख १ गतेदेखि नेपालगन्ज सहरभरी सुर्तीजन्य पदार्थ पूर्णत निषेध गर्ने भएको छ ।

आइतबार नेपालगन्ज उपमहानगरपालिकामा बसेको ‘सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन’ सम्बन्धमा सरोकारवालाहरूको विशेष बैठकले उक्त निर्णय गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बसेको बैठकले गरेको विभिन्न चार बुंदे निर्णयमा आगामी बर्षसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्री वितरणमा पूर्ण रूपमा निषेध गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको हो । ‘त्यसअघि सचेतना सँगै तयारी अभियान चलाइने छ’, नगर प्रमुख विष्टले भने ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech