जहाँ हेरिदैँन बालबालिकाको लगन

असल शासन प्रतिनिधि

कालिकोट/ कालिकोटको रास्कोट नगरपालिकामा अन्तर धार्मिक संजाल छ । जसको सचिव छन् – ज्योतीष जन्मदेव न्यौपाने (पण्डित) । जसले बाल बिबाह विरुद्ध कडा अभियान चलाएका छन् ।

बालबिबाहलाई परम्परागत संस्कृतिले बढावा दिईरहेको आरोप लागिरहेको बेला ज्योतिष न्यौपाने भने बाल बिबाह विरुद्ध लागिरहेका छन् ।

उनी नाम चलेका ज्योतिष हुन् । उनले लगन हेर्ने कोठामा सूचना टाँसेका छन् । सूचनामा लेखिएको छ- २० बर्ष नपुगेका बालबालिकाको बिवाहको लगन हेर्न बन्द गरिएको छ।

बालबिवाह बिरुद्ध को अभियान मा संलग्न भएर काम गर्ने अवसर सादा नेपाल का संस्थापक अध्यक्ष अशोक नाथ योगिले दिएको उनले बताए ।

आफुकहाँ ज्योतिषको कामको लागि बाजुरा, अछाम, जुम्ला, कालिकोट, दैलेख, कैलाली लगाएतका क्षेत्रबाट दैनिक न्युनतम ४० देखि अधिकतम ८० जना सम्म आउने गरेको उनको भनाई रहेको छ ।

  • ९ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech