छतबाट हाम फालेर अग्रवालको मृत्यु

असल शासन प्रतिनिधि

धनगढी / आफ्नै घरको ५ तलाबाट हाम फालेर धनगढीका एक ब्यवसायी सन्तोष अग्रवालको मुत्यु भएको छ ।

आज दिउँसो ११ बजेर २० मिनेटमा धनगढीको बसपार्क स्थित व्यवसायी सन्तोष अग्रवालले छतबाट हाम फालेका हुन् ।

सन्दीप स्टोरका सञ्चालकसमेत रहेका ५३ वर्षीय सन्तोष अग्रवालले घरायसी लेनदेनको विवादका कारण घरको छतबाट हाम फालेको प्रहरीले बताएको छ । छत बाट हाम फालेका सन्तोष अग्रवालको उपचारका लागि नवजीवन अस्पताल लग्दै गर्दा मृत्यु भइसकेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

  • १० माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech