बाँके प्रजिअका सय दिन

प्रशासनिक सुधार देखि चुहावट नियन्त्रणमा प्रगति

असल शासन प्रतिनिधि

बाँके/ बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले कार्य सम्हालेको १०० दिनको प्रगति सार्वजनिक गरेका छन् ।

प्रशासनमा मेरो १०० दिन शिर्षकमा प्रमुख जिल्ला अधिकारी पोख्रेलले सामाजिक सञ्जाल मार्फत माघ ११ गते प्रगति सार्वजनिक गरेका हुन् ।

उनले १४ बुँदे प्रगति सार्वजनिक गरेका छन् ।

सार्वजनिक प्रगतिहरुमा धार्मिक सद्भाव कायम राख्न मुख्य चुनौतिको रुपमा रहेको तत्कालिन संवेदनशिल मुद्वा दुर्गा पूजा मुर्ती बिसर्जन कार्यक्रम शान्त वातावरणमा सम्पन्न भएको, जाजरकोट भुकम्पका घाईतेको उपचार तथा राहत ब्यवस्थापनमा बांके प्रशासनबाट स्वस्फुर्त र प्रभावकारी भुमिका निर्वाह भएको, बिचौलिया रहित सेवाको शुरुवात भएको, निशुल्क अनलाईन फारम भरिदिने सुबिधा सुनिश्चित गरिएको, एकै दिनमा राहदानी, राष्ट्रिय परिचय पत्र सेवा प्रदान गर्ने गरिएको, अनावश्यक सेवा प्रवाह प्रकृया कटौती कटौती गरि सरल तुल्याईएको, नागरिकताका सन्दर्भमा राष्ट्र बैंकलाई सोध्ने अनौठो प्रकृया, लैंगिक हिंसा पीडित महिलाको सन्दर्भमा अनावश्यक प्रामण बुझ्ने, सनाखत गर्ने अभिभावक नभएकालाई नागरिकतै नदिइने जस्ता समस्याहरु समाधान गरिएको उल्लेख छ ।

यसैगरी ईलाका प्रशासन कोहलपुरलाई पुर्ण अधिकार प्रत्यायोजन, टिप्पणी सदर गराउन नेपालगञ्ज आउनु नपर्ने व्यवस्था मिलाईएको, तारिख माथी तारिखको अन्त्य गर्न द्रुत माध्यमबाट मुद्वाको फैसला गर्ने गरिएको, ८० प्रतिशत माथी प्रगती पुर्याएको, उपभोक्ता मैत्री बजार निर्माणका लागि सघन अनुगमन गर्ने क्रममा विभिन्न २३२ फर्महरुको अनुगमन, २ लाख ८४ हजार ३६४ रुपैयाँ मल्यको अवैध माल, बस्तु जफत र नस्ट गरिएको, विभिन्न फर्म र कम्पनिलाई रु ३ लाख, १० हजार जरिवाना गरिएको, सेवा सुबिधामा बन्दिको प्रत्यक्ष पहुँचको पद्वती शुरु गरिएको चौकिदार र नाइकेबाट हुने चुहावट नियन्त्रण गरिएको, नागरिक पृष्ठपोषणको लागि QR Code को प्रयोगको एस भेगमै पहिलो पटक शुरुवात गरिएको, नियामक निकायहरुको समन्वयात्मक परिचालन मार्फत राजस्व चुहावट नियन्त्र र मुद्वा दर्ता तर्फ ८.६ गुणा ले बढोत्तरी भएको, कार्यालय शौन्दर्यीकरण अभियान सञ्चालन भईरहेको, श्रीराम मुर्तिको प्राण प्रतिष्ठा कार्यक्रमको सन्दर्भमा बांकेमा संचालित धार्मिक अनुष्ठानहरु अपेक्षित शान्त वातावरणमा सम्पन्न भएको, शितलहर ब्यवस्थापनमा पुर्वकृयाशिल भुमिका निर्वाह भईरहेको उल्लेख छ ।

स्थानीय तह, रेडक्रस लगायत अन्य संस्थाहरु समेतको परिचालनबाट हाल सम्म कुल २ हजार ७९ थान कम्वल र ब्लयांकेट बितरण गरिएको, सामुहिक धुनी को ब्यवस्थाका लागि २१५० क्विन्टल दाउरा बितरण गरिएको प्रजिअ पोख्रेलद्धारा जारी प्रगति बिबरणमा उल्लेख छ । पोख्रेल सुधारवादी प्रशासकको रुपमा परिचित छन् ।

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech