जेएसमा फुड फेस्टिवल

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज कोरियनपुरस्थित जे.एस. इङ्लिस बोर्डिंङ स्कुलले फुड फेस्टिभल कार्यक्रमको आयोजना गरेको छ ।

आफ्नै विद्यालय प्राङ्गणमा आज शुक्रबार फुड फेस्टिभल कार्यक्रम आयोजना गरेको हो ।

शिक्षक तथा विद्यार्थीले बनाएका बिभिन्न परिकार प्रदर्शनीमा राखिएको थियो भने विद्यार्थीले सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।

कक्षागत पढाईसँगै व्यवहारिक ज्ञानमा जोड दिँदै विद्यालयले यस्तो कार्यक्रम गरेको विद्यालयका प्रिन्सिपल राजु मल्लले बताए ।

विद्यालयले हरेक वर्ष विद्यार्थी अन्तर निहित प्रतिभा तथा क्षमता प्रस्फुटन गराउन यस्ता खालका रचनात्मक क्रियाकलापहरु गर्दै आएको विद्यालयका सहायक प्रिन्सिपल महेन्द्र सेडाईले बताए ।

फुड फेस्टिभलबाट कुन परिकार कसरी पकाईन्छ ? त्यसमा प्रयोग हुने सामाग्री लगायतका व्यवहारिक ज्ञान समेत पाएको सहभागी समुहका विद्यार्थी अनमोल कँडेलले बताए ।

विद्यार्थीलाई चार समु मा बाँडेर विभिन्न परिकारहरु बनाउन लगाईको थियो । समुहमा बनाईएका परिकारहरु स्वादिष्ट रहेको अन्य विद्यार्थीको प्रतिक्रिया रहेको थियो ।

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech