समाज बिकासमा युवाहरु सक्रिय हुनुपर्ने – मुख्य मन्त्री जमरकट्टेल

बागमती युवा प्रदेश सम्मेलनको उद्घाटन

असल शासन प्रतिनिधि

माडी, चितवन/ बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेले समाज बिकासमा युवाहरु सक्रिय हुनुपर्ने बताएका छन् ।

नेपाल युवा परिषदको आयोजना, माडी नगरपालिका चितवन र बास नेपालको सहआयोजनामा चितवनको माडीमा माघ १३ गते देखि शुरु भएको ३ दिने बागमती युवा प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्य मन्त्री जमरकटेलले उक्त कुरा बताएका हुन् ।

उनले स्वदेशमै बसेर कर्म गर्न युवाहरुलाई आग्रह गरे । उनले भने –स्वदेशमा काम गर्न चहाने, बिदेशमा जे गर्न पनि तयार हुने प्रबृत्ति खतरनाक छ ।

माघ १५ गते सम्म सन्चालन गरिने उक्त कार्यक्रमको उद्धेश्यबारे प्रकाश पार्दै नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले युवा पलायनलाई निरुत्साहित गर्न सरकार अग्रसर हुनुपर्ने बताए ।

बागमती प्रदेशको १४ जिल्लाका १६० युवाहरुको सहभागिता रहेको सम्मेलनमा नेपाल युवा परिषद्का प्रदेश सयोजक नबिन गिरिले स्वागत गरेको कार्यक्रम महासचिव रचना खरेलले सन्चालन गरेकी थिईन् ।

कार्यक्रममा बिभिन्न बक्ताह?ले बोलेका थिए । कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता रहेको बताउँदै बास नेपाल बागमती प्रदेशका संयोजक ईश्वर दाहालले तीन दिन सम्म ६ वटा बिषयमा छलफल हुने बताए ।

  • १३ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech