बास नेपाल कपिलवस्तुमा पाण्डे

असल शासन प्रतिनिधि

कपिलबस्तु / बास नेपालले कपिलबस्तुको तौलिहवामा शाखा पुनर्गठन गरेको छ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र जनसम्पर्क अधिकृत माधव कार्कीको उपस्थितिमा सोमबार कपिलबस्तुको तौलिहवामा बासको शाखा पुनर्गठन गरिएको हो ।

गैर सरकारी सस्था महासँघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष सुशीला बेल्वासेको समन्वयमा  तौलिहवामा ९ सदस्यीय शाखा पुनर्गठन गरिएको थियो ।

शाखाको अध्यक्षम राकेश पाण्डेलाई भेलाले चयन गरेको छ । शाखाको उपाध्यक्षमा बिमला घिमिरे, सचिवमा देबेन्द्र पाण्डे, सहसचिवमा दिलिप कुमार यादव कोषाध्यक्षमा देबेन्द्र पाण्डे चयन भएका छन् भने शाखाका सदस्यहरुमा दिलिप कुमार यादव, सुुुष्मा गुरागाई, मोहरत प्रशाद कुर्मी र बिजय कुमार तेलि रहेका छन् ।

त्यसैगरि शाखाको सल्लाहकारमा गैर सरकारी सँस्था महासँघ लुम्बिनी प्रदेश अध्यक्ष सुशिला बेल्वासे, गैर सरकारी सँस्था महासँघ कपिल्बस्तुका अध्यक्ष जय प्रकाश पाण्डे, निबर्तमान अध्यक्ष प्रबिन कुमार श्रीवात्सव फेडोको अध्यक्ष माया नेपाली रहेका छ्न् ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech