दैलेखमा स्थानिय सरकार सञ्चालन र व्यवस्थापकीय आयाम तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज /दैलेखका तिन स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम बिषयक एक दिने तालिम सम्पन्न भएको छ । जिल्लाको दुल्लु नगरपालिका, भैरवी गाउँपालिका र डुङ्खेश्वर गाउँपालिकामा सो तालिम सम्पन्न भएको हो ।

पालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा सम्पन्न भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्ण हरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीकामा हुनुपर्ने असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, उत्प्रेरणा, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, ब्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नीयम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

माघ १५ गते डुङ्खेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सी. को अध्यक्षतामा भएको तालिम बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सञ्चालन गरेका थिए । तालिमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष के.सी.ले जीवनमा पहिलो पटक यस्तो किसिमको तालिम प्राप्त गरेको बताए । तालिमबाट जनप्रतिनिधि र कर्मचारीहरुलाइ उत्प्रेरणा मिलेको भन्दै उनले स्थानीय तह सञ्चालन संग सम्बन्धित बिविध पक्षको वारेमा जानकारी प्राप्त भइ काम गर्ने उर्जा मिलेको बताए ।

गाउँपालिका उपाध्यक्ष कलावती न्यौपानेले तालिमबाट स्थानीय सरकार सञ्चालन संग सम्बन्धित बिभिन्न कानुनी कुराहरुको वारेमा थाहा भएको बताउदै तालिमबाट क्षमता विकास भएको बताइन् । गाउँपालिकाले केही नयाँ कामको थालनी गरेको भएपनि वजारीकरण गर्न नसकिएको बताउदै स्थानीय सरकारले गरेका राम्रा कामको वजारीकरण र प्रचारप्रसार आवश्यक हुने कुरा तालिमबाट सिकाइ भएको उन्को भनाइ थियो । तालिममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम डि.सी. ले छोटो समयको तालिमबाट धेरै कुराको ज्ञान प्राप्त भएको बताउदै तालिम एकदमै फलदायी भएको बताए । तालिममा बासका कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागत संगै तालिमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

त्यसैगरी माघ १४ गते भैरवी गाउँपालिकामा सो तालिम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष रिता शाहीको अध्यक्षतामा भएको तालिमको सञ्चालन बास नेपालका उपाध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने कार्यक्रम प्रबन्धक मन भण्डारीले स्वागत संगै तालिमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रिता शाहीले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले जनतालाई खुसी बनाउने गरी जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्ने बताइन् । स्थानीय सरकारको विकासको लागि सबै पक्षको एकता र हातेमालो आवश्यक रहेकोे बताउदै पालिका सञ्चालन, आर्थिक सम्बृद्धी र सुशासनका लागि गर्नुपर्ने बिविध विषयमा ज्ञान तालिमबाट प्राप्त भएको शाहीले बताइन् । गाउँपालिका उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकिय भुपेन्द्र थापा लगायतले तालिमबाट सिकेका कुरा ब्यबहारमा लागु गरी जनुमुखि काम गर्न जनप्रतिनिधि र कर्मचारीलाइ अनुरोध गरिन् । उनले ले तालिमले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास भएको बताउदै प्रभावकारी सेवा प्रवाहको सिप सिकाइ भएको बताइन् ।

माघ १३ गते दैलेखको दुल्लु नगरपालिकामा सोही तालिम सम्पन्न भएको छ । नगरपालिका भित्रका १३ वटै वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरुका लागि सेवा प्रवाहमा कसरी प्रस्तुत हुने तथा मानव जीवन सफल बनाउनका लागि कस्ता सिद्धान्तहरुको परिपालना गर्ने भन्ने विषयमा उक्त तालिम केन्द्रित रहेको थियो ।


तालिमको अवसरमा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख भरत प्रसाद रिजालले छोटो अवधिमा जनप्रतिनिधि र कर्मचारीकालागि तालिम फलदायि भएको भन्दै हामीले आफु बन्दै आफ्नो ठाँउ बनाउनको लागि सकारात्मक सोचको आवश्यकता भएकोमा जोड दिएका थिए । तालिममा नगर उपप्रमुख बिना कार्की लगायतले तालिमबाट स्थानीय सरकारका जनप्रतिनिधि र कर्मचारीहरुलाई उत्प्रेरणा मिलेको बताएका थिए ।

तालिममा पालिकाका जनप्रतिनिधि, बिषयगत शाखाका प्रमुख, वडा सचिब, बिद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य संस्था प्रमुख लगायतको सहभागिता रहेको थियो ।

 

 

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech