पशुपती मन्दिरमा डेउडा

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जको राझा एयर्पोर्टको पशुपती मन्दिरको प्राङ्गणमा सदा झै माघ १५ गते पनि डेउडा कार्यक्रम सम्पन्न भएको छ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामिको प्रमुख आथित्यता ,र नेपालगन्ज उपमहानगरपालिका वाडा न २० का वडा सदस्य चक्र बिसि, उद्योग बाणिज्य संघका उपाध्यक्ष लगायत बिशिस्ट ब्याक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा झन्डै २००० दर्शकको सहभागीता रहेको स्थानीयले बताए । डेउडा कला संस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्छ। कार्यक्रममा हुड्कौली नृत्य, देउडा ब्याटल देउडा खेल प्रस्तुत गरिएको थियो।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech