बास नेपालको अर्घाखाँची शाखामा मधु कुमार श्रेष्ठ

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपाल अर्घाखाँची शाखा मंगलबार पुनर्गठन भएको छ । जिल्लाको शन्धिखर्कमा सम्पन्न युवाहरुको भेलाले शाखा पुनर्गठन गरेको हो ।

७ सदस्यीय पुनर्गठित शाखाको अध्यक्षमा मधु कुमार श्रेष्ठ चयन भएका भने शाखाकाको उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमशः कमला खनाल, सागर परियार, सबिना पाण्डे, सरु सुनार रहेका छन् । त्यस्तै शाखाको सदस्यहरुमा नर्मदा घर्ती र बिनोद आचार्या चयन भएका छन् भने सल्लाहकारहरु ठाकुर प्रसाद अधिकारी, साबित्रा केसि, मिना बस्याल र पसुपती खनाल रहेका छन् ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र जनसम्पर्क अधिकृत माधव कार्कीको विशेस उपस्थितीमा शाखा पुनर्गगन भएको हो ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech