सहीद दिवसको अवसरमा रक्तदान

ललिता बिश्वकर्मा ओड

सुर्खेत/ राष्ट्रिय सहीद दिवसको अवसरमा सुर्खेतको बिरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार बास नेपाल कर्णाली प्रदेश, बास सुर्खेत शाखा र याम विसी स्मृति प्रतिष्ठान सुर्खेतको आयोजना र नवज्योति युवा संजाल र दृष्टि नेपाल समन्वयमा वीरेन्द्रनगरको पिपल चौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भएको बास नेपाल कर्णाली प्रदेश संयोजक धिरेन्द्र कुमार शाहीले जानकारी दिएका छन् । उपचारका क्रममा रगत अभाव हुने समस्यालाई मध्यनजर गरि रक्तदान कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

रमेश सापकोटा, सिर्जना शाही, धिरेन्द्र अधिकारी, लक्ष्मण कँडेल, चित्र बहादुर विसी, निर्मल नेपाली, सुशील सुनार, श्रीकृष्ण केसी, ललिता विश्वकर्मा ओड , केशव ओड, उपेन्द्र विक, जिवराज केसी, आशिष महत, मानबहादुर खड्का, निमबहादुर बुढा, लक्ष्मण कँडेल, धनबहादुर ढेङ्गा मगर र चेतकुमार विष्टले रक्तदान गरेका छन् ।

  • १६ माघ २०८०, मंगलवार प्रकाशित

  • Nabintech