शिक्षा नीति टिकाउ र बिकाउ हुनुपर्ने प्रवक्ता धिताल

असल शासन प्रतिनिधि

नेपालगन्ज / हाम्रो शिक्षा नीति टिकाउ र बिकाउ हुनुपर्ने नेपालगञ्ज उपमानगरपालिका प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोध धितालले बताएका छन् ।

रोजगारीका शिलशिलामा बिदेश गएका ब्यक्तिहरुले बिदेशमा काम गर्दा भोग्नुपर्ने समस्या र नेपालबाट जाँदाको काम नभएर बिदेशमा अर्कै काम लगाउने समस्यालाई उदृत गर्दै आज एकाउण्टबिलिटि ल्याव र बास नेपालको सयुक्त आयोजनामा आयोजित बढ्दो बैदेशिक रोजगारी र युवा सरोकार बिषयक अन्तर्क्रीया कार्यक्रमका सरोकारवाला ब्यक्ति धितालले उक्त कुरा बताएका हुन् ।

सुरिक्षत बैदेशिक रोजगार कार्यक्रम अन्र्तगतको सवालमा युवाहरुलाई बैदेशिक यात्रा गर्दाका समय देखी रोजगारीको लागि बिदेशमा काम गर्दै गर्दा हुने कठिनाईलाई मध्यनजर गर्दै बैदेशिक यात्रा गर्दा अपनाउनु पर्ने बिषयका बारेमा जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रम बिभिन्न सरोकारवाला निकायहरुको सहभागीता रहेका थियो ।

कार्यक्रममा आफ्नो भनाई राख्दै गैर सरकारी संस्था महाँसघका केन्द्रीय सदस्य नमस्कार शाहले सरकारले बैदेशिक रोजगारमा जाने बाटो देखाइरहेको छ तर नेपालमै केही गरौं भनेर प्रोत्साहन गर्ने काम नगरेको बताए । बैदेशिक रोजगार बिभाग राजनितिक अखडा बनेको बनेकाले पनि युवाहरुले चुस्त रुपमा रोजगारी नपाएको शाहले थपे ।

कार्यक्रममा अर्का सरोकार्वाला ब्यक्ति नेपालगञ्ज उपमहानगरपालिकाको कार्यपालिका सदस्य बसन्त कनौजियाले अब युवाहरु बिदेशमुखी हुनुभन्दा नेपालमै केही उद्यमतर्फ ध्यान दिनुपर्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडाका बाल क्लव, युवा क्लवका पदाधिकारीहरुका सथै बैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरु गरी ५० जनाको उपस्थिति रहेको अन्र्तक्रिया कार्यक्रममा सुरक्षित आप्रवासन ( सामी ) परियोजनाका कार्यक्रम संयोजक कमल सिङ नेपालीले बैदेशिक रोजगार भनेको के हो ? बैदेशिक रोजगारलाई प्रभाव पार्ने मुख्य बिषयहरुका बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा सहभागीहरुले आफुहरु बिदेश बाट सिप सिकेर स्वदेश फिर्ता भई यही केही ब्यवसाय गर्छौं भन्दा पनि राज्यले नहेरेको, बिदेश जाँदा यहाा गरिएको सम्झौता अनुसार काम नपाउने, गाँउ समाजमा युवाबिहिन हुनुको मुख्य कारण सरकारले स्वदेशमै रोजगार सृजन गर्न नसक्नु, स्थानिय सरकारले पनि युवा लक्षित तालिमहरु नभई खाली ब्युटिसीयन तालिम र सिलाई कटाई तालिममा दिनु लगायतका सुझावहरु राखेका थिए ।

 

  • १७ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech