अडिसनबाट २१ प्रतियोगि सेमिफाईनल प्रबेश

असल शासन प्रतिनिधि

नेपालगञ्ज/पब्लिक स्पिच बाँके सिजन २ को अडिसन आज नेपालगञ्जमा सम्पन्न भएको छ ।
बास नेपालको आयोजना तथा केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा सम्पन्न अडिसन बाट २१ जना प्रतियोगि सेमिफाईनल प्रबेश गरेका छन् ।
जिल्ला भरीका ४३ जना सहभागी रहेको अडिसनबाट गरिमा खनाल, युवराज बोगटी, महेन्द्र ढुङ्गाना, नवराज भट्टराई, सुस्मा रावत, करुणा खनाल, कृति फुयाल, क्रिस कार्की, बर्षिका भण्डारी, सन्ध्या गैरे, अन्जली वर्मा, प्रतिज्ञा वाग्ले, मिरगासी रावत, आकृति के.सि, कृतिका थापा, अदिति यादब, कोसिका खड्का, एन्जलिना बुढा, संगम अधिकारी, शिवानी वर्मा र नैना घिमिरे सेमिफाईनल प्रबेश गरेका हुन् ।


प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्वागत बास नेपालका केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्माले गरेका थिए । कार्यक्रमको उद्धेश्य माथि प्रकास पार्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले युवा बिद्यार्थीहरुको वाक क्षमता उजागर गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिदै आएको बताए । प्रतियोगिताको अडिसनको निर्णयकको भुमिका सन्तोष खड्का, कृष्ण अधिकारी र चरित्रा शाहले गरेका थिए । कार्यक्रम बास नेपालको आयोजना, केएल दुगड ग्रुपको मुख्य प्रायोजन तथा सिएसटी होटल एण्ड पार्टी प्यालेस नेपालगन्ज, यति सिमेन्ट, जिभिएन कलेज नेपालगन्ज, ढकाल कानुनी सेवा नेपालगन्ज, सोफिया स्कुल नेपालगन्ज, सिस्ने कन्सटक्सन, बालेन सिटी एयर बस नेपालगन्ज, डटवक्स टेक्नोलोजी, इन्फो एण्ड टेक्नो, वाईफाई नेपालले सहकार्य गरेको थियो ।
बासका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बास नेपालका अधिकृत रबिन्द्र बोहराले गरेका थिए । प्रतियोगिताको सेमफिाईनल माघ २५ गते बिहान ११ बजे देखी सिएसटि होटेल एण्ड पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech