पुरैनीमा ४७ जनाले गरे रक्तदान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम पुरैनीमा सम्पन्न भएको छ ।

नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १९ र २२ को सहयोग, बास नेपाल, दिदि बहिनी समाज, युवा घर, जनमत अर्ध साप्ताहिक, नाईस, सामुदायिक मेलमिलापकर्ता समाज नेपाल, बाँके, सन्त निरकारी मण्डली बाँके र साना किसान सहकारी संस्था लिमिटेड असल शासन मिडिया लगायतको सहकार्यमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ४७ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महाँसंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, नेपालगञज उपमहानगरपालिका वडा नम्बर २२ अध्यक्ष अब्दुल गफ्फर हलवाई र वडा नम्बर १९ का कार्यबाहक अध्यक्ष मोहनलाल कुर्मीले रक्त सञ्चार केन्द्रका प्राबिधिकलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शाहले रक्तदान भन्दा ठूलो समाजसेवा अरु नभएको बताए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का अध्यक्ष अब्दुल गफ्फार हलवाइ, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का कार्यबाहक अध्यक्ष मोहनलाल कुर्मी लगायतले बोलेका थिए ।

नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाका सभापती शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न रक्तदानका कार्यक्रमको उद्घाटनमा नेपाल रेडक्रस सोसाईटी पुरैनी उपशाखाकी उपसभापती खगेसरी भण्डारीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन् । कार्यक्रमको सञ्चालन असल शासन मिडियाका ब्यवस्थापक तपेन्द्र मलातीले गरेका थिए ।

कार्यक्रममा नाईस नेपालगञ्जका अध्यक्ष हेमराज भट्ट, दिदि बहिनी समाज बाँकेका अध्यक्ष रमादेबी शाह, युवा घरका अध्यक्ष मन भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

 

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech