शत्रुबाट बच्न सजिलो, मित्रबाट बच्न गाह्रो

ईन्सपाईरिंग युथको २९१ औं श्रृंखलामा ब्रम्हाकुमारी दुर्गा

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालद्वारा साप्ताहिक रुपमा सञ्चालित ईन्सपाईरिंग युथको २९१ औं श्रृंखलामा बम्हा कुमारी बिश्व बिद्यालयकी केन्द्रीय उपाध्यक्ष ब्रम्हाकुमारी दुर्गा कुमारीले सफलताको कथा बाचन गरेकि छन् ।

बास नेपालको सभाहलमा आयोजित कार्यक्रममा ब्रम्हाकुमारी दुर्गा कुमारीले सफलताको कथा बाचन गरेकि हुन् ।

कार्यक्रममा बोल्दै ब्रम्हाकुमारी दुर्गा कुमारीले २०४० साल पूर्ब समय देखि ब्रम्हाकुमारी बिश्व बिद्यालयमा आबद्ध भएर काम गरिरहेको बताईन् । परिवर्तनको शुरुवात आफुबाट गर्नुपर्छ भन्ने मान्यता बोकेको ब्रम्हाकुमारी बिश्व बिद्यालयले रुपान्तरण, परिवर्तन र नैतिकताको शिक्षा फैलाउँदै आएको उनले बताईन् ।

बिगतमा ओम शान्तीमा लागेकाहरुलाई नकारात्मक दृष्टिकोणले हेर्ने अवस्था थियो भने अहिले सो दृष्टिकोण परिवर्तन भएको उनले बताईन् ।
कार्यक्रममा बोल्दै बम्हा कुमारी बिश्व बिद्यालयकी केन्द्रीय उपाध्यक्ष ब्रम्हाकुमारी दुर्गा कुमारीले चेतना रुपि व्याट्री चार्ज हुनुपर्ने बताईन् ।

शान्तिको प्रतिक, पबित्रताको निशानी सेतो कपडा लगाएर बिश्व भर शान्तिको सन्देश प्रबाह गरिरहेको उनले बताईन् ।

शत्रुबाट बच्न सजिलो छ, मित्रबाट बच्न गाह्रो छ–ब्रम्हाकुमारी दुर्गा कुमारीले भनिन्– सकारात्मक बनौं, सकारात्मकको उपलब्धि पनि सकारात्मकनैं हुन्छ ।

कार्यक्रम सहायक अशोक रावलले सञ्चालन गरेको कार्यक्रमममा ब्रम्हाकुमारी दुर्गा कुमारीलाई बास नेपालका अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, सचिव दिला शाह लगायतले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech