गाैरीगङ्गामा निशुल्क स्वास्थ्य सिविर

असल शासन प्रतिनिधि

धनगढी/कैलालीको गौरीगङ्गामा नगरपालिका ६ वनबेहडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बास नेपाल कैलाली शाखाको आयोजना तथा सीपी अस्पताल प्रा.लि. धनगढीको सहयोगमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविरमा ७५८ जना बिरामी निशुल्क स्वास्थ्य सेवा लिएका छन् । जसमा ४ सय ५५ जना पुरुष र ३ सय तीन जना महिला रहेका छन् । भने ५९ जना बिरामीको निशुल्क भिडियो एक्सरे गरिएको अस्पतालका प्रशासन प्रमुख हेमराज जोशीले जानकारी दिए । शिविरमा सेवा लिएका विरामीलाई भिडियो एक्सरे,औषधी,चेक,जाँच निशुल्क गरिएको थियो ।

यस्तै शिविरमा आएका बिरामीहरुलाई चार लाख बढीको औषधी निशुल्क वितरण गरिएको जोशीले बताए । स्वास्थ्य शिविरमा पत्थरी,नाक,कान घाटी सम्बन्धि समस्या,दिर्घरोगीहरु,ब्लड प्रेसरका विरामीहरु,पाइल्स,हाडजोर्नी सम्बन्धि समस्या लगायत अन्य विभिन्न समस्या भएका बिरामीहरुको सहभागिता रहेको थियो ।

शिविरमा बिशेषज्ञ डाक्टरहरु डा.चन्द्र प्रकाश पाण्डे (जनरल सर्जन), डा. अमित बहादुर सिहं (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ), डा. गौरव कुमार गुप्ता (पेट, छाति, दम सुगर तथा मुटु रोग बिशेषज्ञ), डा. इन्द्र उपाध्याय (नाक, कान घाटी रोग बिशेषज्ञ), डा. सुजल राई (अल्ट्रासाउण्ड) र डा. नविन ढुङ्गाना (फिजीयोथेरापिष्ट) सहित २६ जना स्वास्थ्यकर्मीहरुको टोली रहेको थियो ।

शिविरमा सहभागि बिरामीहरुले निशुल्क रुपमा चेक, जाँच, उपचार, औषधी, भिडियो एक्सरे निशुल्क रुपमा गर्न पाएकोमा खुसी व्यक्त गर्दै आयोजक बास नेपाल र सहयोगी सीपी अस्पतालाई धन्यवाद ज्ञापन गरेका थिए ।

स्वास्थ शिविरको औपचारिक कार्यक्रममा बोल्दै गौरीगंगा नगरपालिका नगरप्रमुख देवि दत्त कडेंलले सीपी अस्पताल र बास नेपालले निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस्ता शिविरलाई आगामी दिनमा बढाउँदै जानुपर्ने बताए । उनले सीपी अस्पताल नीजि अस्पताल भएर पनि विपन्न,गरिबलाई निशुल्क उपचार सेवा दिएकोमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम संचालन गर्न अनुरोध गरे ।

आयोजक बास नेपाल कैलाली शाखाका अध्यक्ष चिरञ्जीवि छेडालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा गौरी गंगा नगरपालिकाका मेयर देविदत्त कडेल प्रमुख अतिथि रहेका थिए । बिष्टि अतिथिमा उपमेयर भोज बहादुर बम र सीपी अस्पताल प्रमुख चन्द्र प्रकाश पाण्डेका रहेका थिए ।

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech