छ प्रश्नमा रजनीश वाजपेयी (बिबेक)

माधव कार्की

रजनीश वाजपेयी (बिबेक)
वडाध्यक्ष, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८

१. तपाईको जीवन को आदर्श के हो ?
– समाज सेवानै मेरो जिवन को आदर्श हो ।

२. कस्को प्रेरणाले तपाई यहाँ सम्म आइपुग्नु भयो ?
– मेरा आमा बुवाको प्रेरणाले गर्दा म यहाँ सम्म आईपुगेको हुँ ।

३.तपाईले समाजका लागि के गरिरहनु भएको छ ?
– आफु जनप्रतिनिधि भएकाले पनि आफ्ना वडाबासीहरुलाई सेवा प्रवाहमा सहजता ल्याउने उनीहरुको समस्या समाधानका लागि काम गरिरहेको छु । बिशेष गरेर आफ्ना वडामा रहेको युवाहरुलाई लागुऔषधको कुलतबाट बाहिर ल्याउने अभियानमा लागिरहेको छु । स्थानिय युवाहरुलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर लागीरहेको छु । आफ्नो कार्यकालमा ५० देखी ६० जना युवा स्वरोजगार अन्तर्गत युवालाई स्थानिय स्तरमै रोजगारी सिर्जना गर्ने उद्धेश्य अनुरुप हाल ८ जना युवाहरुलाई रोजगारी दिईसकेका छौं ।

४. तपाईको जिवनको अबिस्मरणिय क्षण के हो ?
– २०६२/६३ तिर आर्मिमा क्याप्टेन हुने उदेश्यले आबेदन दिदा आफु छनौटमा नपरेर त्यहाँबाट बाहिरिदाको क्षण नै मेरो लागि अबिश्मरणीय क्षण हो ।
५. तपाईको बुझाईमा असल शासन भनेको के हो ?
– नागरिकले बिना झन्झट सेवा लिन पाउनु नै असल शासन हो ।

६. समाजका लागि तपाईको प्रतिबद्धता के छ ?
– समाजसेवा मेरो सानै देखीको रुची भएकाले यदि मैले जनताको मन जित्न सके भने निर्णायक तहसम्म पुगेर जनताको सेवा गर्ने, समाजसेवा गर्ने नै मेरो प्रतिबद्धता रहेका छ ।

  • २० माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech