संयोगले बाबु, छोरा र भतिजो एउटै पालिकामा

असल शासन प्रतिनिधि

दार्चुला / दार्चुलाको शैल्यशिखर नगरपालिकामा संयोगले बाबु मेयर, छोरा प्रमुख प्रशासकिय अधिकृत र भतिजो ईन्जिनियर भएर एउटै पालिकामा काम गर्ने अवसर जुरेको छ ।

शैल्यशिखर नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा उनीहरुलाई उक्त संयोग जुरेको हो ।

शैल्यशिखर नगरपालिकाकाका मेयर बिजय सिंह धामी रहेका छन् भने हाल उनका छोरा पुस्कर सिंह धामीले प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यभार सम्हालिरहेका छन् । साथै मेयरका भतिजा योगेश सिंह धामी सोही नगरपालिकाको इन्जिनियरका रुपमा कार्यरत छन् ।

पालिकामा प्रमुख प्रशासकिय अधिकृत पठाउन संघिय सरकारले ढिलाई गरेकै कारण बाउ छोरालाई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्ने सौभाग्य जुरेको भएपनि पुस्करको दरबन्दी दार्चुलाकै नौगाड गाउँपालिकामा रहेको बुझिएको छ ।

 

 

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • Nabintech