उत्कृष्ट ११ प्रतियोगी फिनाले प्रबेश

असल शासन प्रतिनिधि

नेपालगन्ज/पब्लीक स्पिच बाँके सिजन २ को सेमिफाईनलबाट ११ जना प्रतियोगी सफल हुदै फिनाले प्रबेश गरेका छन् ।
बास नेपालको आयोजनामा आज नेपालगन्जमा सम्पन्न सेमि फाईनलबाट १० जना बाहिरीएसँग टप ११ प्रतियोगीहरु फिनालेका लागि चयन भएका हुन् । सेमिफाईनलबाट उत्कृष्ट हुदै फाईनल प्रबेश गर्नेहरुमा कृति फुयाल, गरिमा खनाल, युवराज बोगटी, कोशिका खड्का, महेन्द्र ढुंगाना, नवराज भट्राई, संगम अधिकारी, मृगासी रावत, एन्जेलीना बुढा, सुष्मा रावत र कृतिका थापा रहेका छन् ।

लुम्बिनी प्रदेश सभा सदस्य माननीय रत्न खत्री, शिक्षाबिद किरण आचार्य र रुद्र सुबेदी निर्णायक रहेको प्रतियोगिताबाट फाईनलमा प्रबेश गर्ने उत्कृष्ट ११ प्रतियोगीहरुको घोषणा गरेसँगै सेमिफाईनल बाट १० जना बाहिरीएका थिए ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमकाृ उद्धेश्यमाथि प्रकाश बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । बास नेपालका केन्द्रीय उपाध्यक्ष शिब कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा धन्यबाद ज्ञापन बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।
प्रतियोगिताको सेमिफाईनल बिजेताले फिनालेका लागि फाल्गुन ८ गते प्रतिष्पर्धा गर्नेछन् । सेमिफाईनल बाट फिनाले प्रबेश गरेका ११ जना प्रतियोगिहरुले सेमिफाईनलमा प्रश्तुत गरेको भिडियो कार्यक्रमको मिडिया पार्टनरको रुपमा रहेको असल शासन मिडियाको आधिकारीक युट्युब च्यानलबाट माघ २७ गते सार्वजनिक गरिनेछ । फाल्गुन ७ गते बिहान ११ बजे सम्म सबै भन्दा बढी भ्यूज पाउने प्रतियोगिलाई पब्लीक च्वाईस अवार्ड प्रदान गरिने छ ।


पब्लीक स्पिच बाँके सिजन २ को बिजेता प्रथम, द्धितिय, तृतीय र सान्त्वनाले क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार सहित प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछन् भने पब्लीक च्वाईस अवार्ड प्राप्त गर्ने प्रतियोगीले नगद ५ हजार सहित प्रमाण पत्र र ट्रफि हासिल गर्नेछन् ।
बास नेपालको आयोजना, केएल दुगड ग्रुपको मुख्य प्रायोजनमा सञ्चालीत सिजन २ मा सिएसटी होटल एण्ड पार्टी प्यालेस नेपालगन्ज, यति सिमेन्ट, जिभिएन कलेज नेपालगन्ज, ढकाल कानुनी सेवा नेपालगन्ज, सोफिया स्कुल नेपालगन्ज, सिस्ने कन्सटक्सन, बालेन सिटी एयर बस नेपालगन्ज, डटवक्स टेक्नोलोजी, इन्फो एण्ड टेक्नो, असल शासन मिडिया, वाईफाई नेपाल र सिने रोयलको सहकार्य रहेको छ ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech