बास नेपालका पूर्व केन्द्रीय सह–सचिब पराजुलीलाई मातृशोक

बास नेपालद्वारा शोक प्रकट

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालका पूर्व केन्द्रीय सह–सचिब बिबेक पराजुलीकि पूज्यनीय माता गीता पराजुलीको माघ २४ गते बेलुकी ८.०० बजे निधन भएको छ ।

पराजुलीको नेपालगञ्ज बेलासपुर स्थित निवासमा निधन भएको हो ।

लामो समय शिक्षण पेशामा रहुनु भएकी वहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । क्यान्सर रोगलाई पराजित गरेर स्वास्थ्य लाभ भईसके पश्चात पनि पुनः केही महिना देखि क्यान्सरकै समस्या देखिएर वहाँ अस्वस्थ हुनुहुन्थ्यो ।

हिन्दु परम्परा अनुसार वहाँको आज माघ २५ गते बिहिवार स्थानीय सिधनियाघाटमा अन्तिम दाह संस्कार भएको छ ।

वहाँको निधन प्रति दुःख व्यक्त गर्दै बास नेपालले शोक बक्तव्य प्रकाशन गरेकोछ । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहद्वारा जारी शोक बक्तव्यमा भनिएको छ – वहाँको निधनबाट बास नेपाल अत्यन्तै मर्माहत बनेको छ । यस दुःखद घडीमा दिबङ्गत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

  • २५ माघ २०८०, बिहीबार प्रकाशित

  • Nabintech