कोहलपुरमा जिल्ला स्तरिय खेलकुद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ मन्टेश्वरी एसोसिएसन बाँकेको आयोजनामा बाँके जिल्ला स्तरिय खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

बाँकेको कोहलपुर १३ बिगाह खेल मैदानमा माघ २५ गते देखि शुरु भएको खेलकुद कार्यक्रम माघ २७ गते शनिवार सम्पन्न भएको हो ।

बाँकेका ७ वटा मण्टेश्वरी स्कुलका बिद्यार्थीहरु सहभागी रहेको सो कार्यक्रममा १६ वटा खेलहरु खेलाईएको थियो ।

प्रती बिधालयबाट २५ जना गरि १७५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । लिटिल होराईजन मण्टेश्वरी, क्रियटिभ चिल्ड्रेन होम, मोडर्न क्रियटिभ चिल्ड्रेन जोन नेपालगन्ज, नोबेल प्री-मण्टेश्वरी, स्माल ह्याभेन मण्टेश्वरी, दोश्रो पाईला मण्टेश्वरी कोहलपुर र ग्रेस प्री मण्टेश्वरी बैजनाथका बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बालबालिकाहरुको सर्वाङ्गिण बिकासका लागि टेवा पुर्याउने हेतुले आयोजित खेलकुद कार्यक्रममा प्रतिष्पर्धात्मक नभई सहभागितात्मक भएको थियो ।

शनिवार सम्पन्न खेलकुद कार्यक्रममा कार्यक्रमका सहभागी बालबालिकाहरुलाई प्रमाण-पत्र  तथा पदक कार्यक्रमका अतिथी नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत लोकेन्द्र बहादुर शाही, कोहलपुर नगरपालिका नगर शिक्षा अधिकृत रबिलाल मिजार, गैरसरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह लगायतले प्रदान गरेका थिए ।

सचिव खिमा थापाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य संयोजक तथा मण्टेश्वरी एसोसिएसन बाँकेकी कोषाध्यक्ष सीता पौडेलले व्यक्त गरेकी थिईन् ।

अध्यक्ष दुर्गा बजगाईंले समापन मन्तव्य व्यक्त गरेको कार्यक्रममा संस्थापक अध्यक्ष लुना बुढाथोकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र बहादुर शाही र कोहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत रबिलाल मिजारले मन्तव्य व्यक्त गरेका थिए ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech