समाजको दोस्रो साधारण सभा भव्य

जनता पूर्व बिद्यार्थी समाजको उदाहरणिय सक्रियता

असल शासन प्रतिनिधि

खजुरा/ श्री जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको दोस्रो साधारण सभा शनिवार सम्पन्न भएको छ ।

श्री जनता मा.वि.सन्तकुटी खजुरामा समाजको साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्र्दै लुम्विी प्रदेशका शहरी विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि माननिय कृष्णा केसी “नुमना”ले पूर्व विद्यार्थीको कार्य नमुना रहेको बताईन् । जनता मा.वि. सन्तकुटीसंग आफ्नो स्कुले शिक्षाको सम्बन्ध नभएता पनि आफ्नो राजनैतिक जीवनको गहिरो सम्बन्ध भएको उनले बताईन् ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका सासंद माननिय वादसाह कुर्मीले अग्रजहरुलाई सम्मान गरि समाजले पूर्व विद्यार्थीहरुलाई एउटै सुत्रमा जोड्ने कार्य गरेको बताए ।

कार्यक्रममा प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्ष महेन्द्र मल्लले पूर्व विद्यार्थी समाजको गतवर्षको प्रगति र आगामी वर्षको योजनाको वारेमा सुन्दा आफुलाई खुसीलागेको वताउँदै परोपकार मिसन नेपाल जहिले पनि पूर्व विद्यार्थी समाजसंग सहकार्य गर्न तयार रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी वागेश्वरी उपशाखाका सभापति जिवनाथ सापकोटाले पूर्व विद्यार्थीको कार्यमा आफु स्थापना कालदेखिनै जोडिएको र समाजको कार्यहरुको आफुले सधै प्रशंसा गर्दै आइरहने वताए ।

कार्यक्रममा समाजका निर्वाचन समितिका पूर्व सदस्य माधव शर्माले पूर्व विद्यार्थी समाज विद्यार्थीको अभिभावक वन्दै अगाडी वढेको वताए ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पूर्व विद्यार्थीहरुले विद्यालय र समाजको लागि देउसी भैलो लगाएतका कार्य गरि संकलित रकमबाट सामाजिक कार्यहरु गरिरहेकोमा खुसी व्यक्त गरे । आफुले स्वयंसमाजको विद्यार्थी उत्प्रेरणा कार्यक्रमको पहिलो श्रृंखलामा सहभागिता जनाउन पाउँदा खुसी लागेको बताउँदै उनले बास नेपाल पूर्व विद्यार्थीसंग सहकार्य गर्न सधै तयार रहेको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र खत्रीले विद्यालयको हालको अवस्थाको वारेमा प्रकाश पारेका थिए भने अध्यक्ष केर सिंह थापाले विद्यालयमा पूर्व विद्यार्थी समाज आएपश्चात आफुहरुले राम्रो सारथी पाएको वताए ।

पूर्व विद्यार्थी समाजको दोस्रो साधारण सभाको अवसरमा जनता मा.वि.का पूर्व प्रधानाध्यापकहरु विष्णुमान श्रेष्ठ, नरसिंह क्षेत्री, टंकनाथ दाहाल र डम्मर गोदारलाई सम्मान पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री माननिय श्री कृष्णा केसी “नुमना” र समाजका अध्यक्ष झविलाल शर्मा न्यौपानेले संयुक्तरुपमा सम्मान गरेका थिए ।

कार्यक्रमा सम्मानित प्रधानाध्यापकहरुका तर्फबाट बोल्दै पूर्ब प्रधानाध्यापक विष्णुमान श्रेष्ठले विगतको अनुभव घटनाक्रम सहित वताउँदै आफुहरुले जनता स्कुलको प्रारम्भको समयमा रोपेको विरुवाको मुनाहरुलाई संरक्षण गरि मुनाहरु आज यसरी ठुलो ठुलो हाँगाहरुको रुपमा बिकास भएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा विद्यालयबाट दोस्रो व्याचको एसएलसी उत्र्तिण गर्ने पूर्व विद्यार्थीहरु धर्मलाल शर्मा र भानुराज आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार खगेन्द्र दाहाललाई सम्मान गरिएको थियो भने समाजको २०७९, २०८० को देउसी भैलो कार्यक्रममा संयोजकको भुमिका निर्वाह गर्ने पूर्व विद्यार्थी समाजका उपाध्यक्ष पूर्णचन्द्र उपाध्याय र सहसचिव सुजाता खरेललाई कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा श्री जनता मा.वि. सन्तकुटीबाट २०७९ सालको एसईईमा उत्कृृष्ट अंक प्राप्त गर्ने छात्र योगेश श्रेष्ठ र २०७९ सालमा उत्कुष्ट खेलाडी छात्रा शान्ति पौडेललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले समाजको बारेमा समिक्षात्मक सम्बोधन गर्दै समाजले विद्यार्थीहरुलाई विद्यालयमा आर्थिक कारणले पढ्नको लागि समस्या भए त्यसको लागि पूर्व विद्यार्थी समाजले आगामी दिनहरुमा सहयोग गर्दै जाने वताए ।

कार्यक्रममा समाजका सचिव विवेक लामिछानेले आ.वि. २०७९/०८० को प्रगति, आगामी आ.व. २०८१/०८२ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष रत्ना कार्कीले आर्थिक वर्ष २०७९/०८० को आय व्यय, लेखा परिक्षण प्रतिवेदन र आगामी आ.व.२०८१/०८२ को लागि रु. ५ लाख ६० हजारको प्रस्तावित वजेट प्रस्तुत गरेकि थिईन् ।

कार्यक्रममा समाजका सल्लाहकार भुवन गैरेले स्वागत मन्तव्य राखेका थिए भने आजिवन सदस्यहरुको तर्फबाट रेशमलाल न्यौपाने र प्रकास ढकालले विचार व्यक्त गरेका थिए । कार्यक्रमको संचालन समाजका सहसचिव सुजाता खरेलले गरेकि थिईन् । कार्यक्रममा विद्यालयका विद्याथीहरुले नृत्य प्रदर्शन गरेका थिए ।

 

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech