परिवर्तन पुस्तक सार्वजनिक तथा परिवर्तन कथा बाचन

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालले प्रकाशन गरेको परिवर्तन पुस्तक सार्वजनिक गरिएको छ ।

बास नेपालको साप्ताहिक कार्यक्रम ईन्सपाईरिंग युथको २९२ औं श्रृंखलामा माघ २६ गते शुक्रवार पुस्तक सार्वजनिक गरिएको हो ।
बास नेपालका ११ पदाधिकारी, सदस्य र कर्मचारीहरुको अनुभव र परिवर्तनका कथाहरु प्रकाशित उक्त पुस्तक बास नेपालका पदाधिकारीहरुले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पुस्तकमा संग्रहित परिवर्तनको कथाका लेखक बास नेपालका कोषाध्यक्ष कल्पना अधिकारी, केन्द्रीय सदस्य तपेन्द्र मलाती, जनसम्पर्क अधिकृत माधव कार्की, लेखा अधिकृत राष्टि बुढा मगर, सहजकर्ता रमिता शाह, बजार प्रतिनिधि जानकी बिश्वकर्मा, लेखा सहायक प्रदिप बोहराले परिवर्तनको कथा बाचन गरेका थिए ।

कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सचिव दिला शाहले मन्तव्य व्यक्त गरेकी थिईन् । कार्यक्रमको समापन बास नेपालका कार्यबाहक अध्यक्ष शिव कुमार बर्माले गरेका थिए । कार्यक्रममा ५० बढिको सहभागिता रहेको थियो ।

 

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech