रुक्मिणी स्मृती अक्षय कोषबाट नानीमायालाई सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बास नेपालकी पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाहको जन्मदिनमा एक किशोरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

पूर्ब केन्द्रीय सदस्य रुक्मिणी शाह ।

बासले स्थापना गरेको रुक्मिणी स्मृती अक्षय कोषबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ तेलियनपुर निवासी नानीमाया जैशीलाई ८ हजार रकमको चेक हस्तान्तरण गरिएको हो ।

बास नेपालको सुशासन हलमा माघ २६ गते सम्पन्न सहयोग प्रदान कार्यक्रममा  बास नेपालको सुशासन हलमा माघ २६ गते सम्पन्न सहयोग प्रदान कार्यक्रममा सो सहयोग हस्तान्तरण गरिएको हो ।

बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिब कुमार बर्मा, कोषाध्यक्ष कल्पना अधिकारी, सचिव दिला शाह, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले जैशीलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक दोश्रो बर्षमा अध्ययनरत जेहेन्दार बिद्यार्थी जैशीको आर्थिक अवस्था कमजोर रहेकाले पठन, पाठनमा सहयोग पुर्याउने उद्धेश्यले सो सहयोग गरिएको हो ।

कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताएका थिए ।

कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता रहेको थियो । बास नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्व. शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।

शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ । स्व. शाहको २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा शाहका पति लगायतले दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • Nabintech