महासचिव पोख्रेल चढेको गाडी पल्टियो

पोख्रेल सामान्य घाईते

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ।

महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वर गाउँपालिका वडा नम्बर १ मा दुर्घटना भएको हो ।

चुप्रा बजार नजिकै गाडी सडक छेउमा पल्टिएको थियो। महासचिव पोखरेल सकुशल छन् । एमाले महासचिव पोखरेल पार्टी दैलेख जिल्ला कमिटीको आठौं अधिवेशन उद्घाटनका लागि दैलेख जाँदै थिए।

गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको बताईएको छ ।

दुर्घटनाबाट महासचिव पोखरेललाई सामान्य चोटपटक लागेको छ ।

 

  • २८ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech