मिस पबि सम्बन्धमा !

यस्तो छ उनको प्रतिक्रिया

असल शासन प्रतिनिधि

काठमाडौँ/ अष्ट्रेलियाको सिड्नीमा रहेको बिष्णु सापकोटा चर्चित गायिका एलिना चौहानको पूर्व प्रेमी हुन् । यी दुई बिच ब्रेकअप भएको खबर भाईरल हुन नपाउँदै चर्चित टिकटकर, कलाकार पबित्रा साकी उर्फ मिस पबिसङ्गको रोमाण्टिक भिडियो सार्वजनिक भयो ।

उक्त भिडियो भाईरल मात्रै भएन, बिष्णु र पबि सम्बन्धमा रहेको चर्चा चल्यो । यस बारे सामाजिक सन्जाल तातिरहँदा मिस पबिले सामाजिक सन्जाल फेसबुकमा सो बारे प्रस्टिकरण दिदै भिडियो बारे प्रकाशित, प्रशारित समाचार भ्रामक भएको बताएकी छिन् । उनको सो स्टाटस बारे सकारात्मक, नकारात्मक प्रतिक्रिया जनाईएका छन् ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ :-

वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोली अस्ट्रेलियाको सिड्नी सहरमा छु ।यसकै सिलसिलामा विष्णु सापकोटा लयातको टिमसंग भेट भेएको थियो।उनीहरु एउटा business promotion को भिडियो बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशन/प्रसारण गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको छ।यसरी सत्यतथ्य नबुझि झुट र भ्रामक समाचार लेखी कसैको व्यक्तिगत चरीत्र माथी आंच आउने काम नगर्न नगराउन हुन अनुरोध छ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech