आमा प्रतिक्षालय नजिक बस दुर्घटना ३ घाईते

असल शासन प्रतिनिधि

बर्दिया /  बर्दियाको बाँसगढी नगरपालिका वडा नं. ८ आमा प्रतिक्षालय नजिक आज बस दुर्घटना भई ३ जना घाईते भएका छन् ।

साँझ ५ बजे तिर कोहलपुर देखी मधुवनका लागि बिद्यार्थीहरु बोकेर हिडेको भे.१ ख २२४४ नम्बरको बस अनियन्त्रीत भई सडक देखी उत्तर जङल तर्फ पल्टिएर दुर्घटना भएको छ ।

मधुवन नगरपालिका वडा नं.१ सुर्यपटुवा त्रिभुवन माध्यमिक बिद्यालयका कक्षा ११ र १२ का ब्यवस्थापन संकायका २२ जना बिद्यार्थीहरुलाई भ्रमण लागि कोहोलपुर स्थित होटेल सेन्टर प्लाजा लिएर फर्किने क्रममा उक्त बसको स्टेरीङ नलागेर अनियन्त्रण भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुको अन्दााजी १७ बर्षिय प्रेमीका जि सि, १८ बर्षिय सरोज खडकाको कोहोलपुर मेडिकल कलेजमा,  अर्का एकजना घाईते १७ बर्षिय मनिस बिक लाई बाँसगढी कौशिल्या अस्पतालमा उपचार भईरहेको छ ।

उक्त बसमा सवार अन्य १९ जनालाई घर पठाएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जानकारी गराएको छ ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech