बैजनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज । बैजनाथ गाउँपालिकाले प्रदान गर्ने सेवा र सुबिधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई माघ २९ गते सम्पन्न भएको हो ।
जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरु बिच भएको दोहोरो सम्बादको अन्तमा ८ बुँदे सार्वजनिक प्रतिबद्धता व्यक्त गरिएको छ । व्यक्त गरिएको सार्वजनिक प्रतिबद्धतामा बैजनाथ गाउँपालिका वडा नम्वर ५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको उपचार तथा प्रयोगशाला सम्बन्धि समस्या समाधान गर्ने, भुमीहिन नागरिकहरुको समस्या समाधानका लागि भुमी आयोगसँग नियमित समन्वय, सहकार्य गरि अविलम्व लालपुर्जा गर्न बाञ्छनिय भएका सबै प्रकारका भुमीहिन नागरिकहरुको निस्सा बितरण गर्ने रहेका छन् । यसैगरी जारी गरिएका अन्य प्रतिबद्धताहरुमा बैजनाथ गाउँपालिकामा रहेका जन्मदर्ता गर्न छुटेका बालबालिकाहरुको जन्मदर्ता गराउने, शिक्षाको गुणस्तरियता अभिबृद्धि गर्ने, वडा नम्वर ७ को पेडारी टोलमा पर्ने सडक निर्माणमा ढिलाई भएकाले सो कार्य तिब्र रुपमा गर्ने, गन्दर्भ समुदाय लगायत लक्षित बर्गबाट माग भई आएमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने रहेका छन् ।


बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सहजिकरण गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष शिव कुमार बर्माले स्वागत गरेका थिए । कार्यक्रममा सरोकारवालाको रुपमा उपस्थित गाउँपालिका अध्यक्ष प्रकाश शाही, उपाध्यक्ष निर्मला रोकाय लगायत वडाध्यक्षहरुसँग स्थानीयहरुले बिभिन्न बिषयहरुमा प्रश्न गरेका थिए ।
कार्यक्रममा बर्हिगमन अभिमत संकलन तथा नागरिक प्रतिबेदन पत्रको नतिजा प्रश्तुत गरिएको थियो ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech