उप–महानगरपालिकाको सुनुवाईमा ५ बुदें प्रतिबद्धता

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालगन्ज उप–महानगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा आज सम्पन्न भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा भएको सुनुवाईमा नगरबासिहरुले नगरको समर्ग विकास निर्माण र समृद्धीका बिषयमा दर्जनौ प्रश्न तथा जिज्ञासा राखेका थिए । सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाहरुको समाधान सुनुवाईमा प्रमुख जवाफदेहि बक्ताको रुपमा आसिन नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्धीन राई, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुले दिएका थिए । झण्डै अढाई घण्टा सुनुवाईका सहभागि र सरोकारवालाहरु बिचमा भएको प्रश्नोत्तर पश्चात ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको थियो ।


सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० मा बस्तिको माथिबाट हाईमास्ट लाईन जडान भईरहेको र त्यसले समस्या निम्त्याउने भन्ने गुनासो आएकाले वडा मार्फत जानकारी आएमा नगरले बिद्युत प्राधिकरणसंग समन्वय गरि समाधानको आवश्यक पहल गर्ने, वडा नम्बर १८ तेजनगर जानकी गाउँपालिकाको सिमानामा रहेको सडक कच्ची र डुवानको समस्या रहेकोले निवेदन पालिकामा आएमा वडासँग आवश्यक समन्वय गरी समस्या समाधान गर्ने, मासुजन्य पदार्थको गुणस्तरीयताका लागि नियमित अनुगमन गर्ने, र नेपालगन्ज उप–महानगरपालिकालाई सरसफाईयुक्त बनाउन ब्यापक अभियान सञ्चालन गर्ने, सरसफाई गर्न अटेर गर्नेहरुलाई दण्ड जरिवाना गर्ने, ध्वनी प्रर्दुषण न्यूनीकरणका लागि आवश्यक नीति बनाउने र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि नेपाल सरकारबाट नीतिगत निर्णय आवश्यक भएकाले नीतिगत निर्णयकालागि आवश्यक पहल गर्ने र सार्वजनिक स्थानमा थप सार्वजनिक शौचालय निर्माण गर्ने, निर्माण भईरहेका सबै सार्वजनिक शौचालयहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । सुनुवाईबाट गरिएका प्रतिबद्धताहरुलाई सहभागि तथा सरोकारवालाहरुले तालि बजाएर अनुमोदन गरे पश्चात नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, उपप्रमुख कमरुद्धीन राई, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर खड्का, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुले हस्ताक्षर गरेका थिए ।
बास नेपालका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा सुनुवाईको उद्धेश्यमाथि प्रकाश बास नेपालका निर्वतमान अध्यक्ष रमेश सिटौलाले गरेका थिए । सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका केन्द्रीय सदस्य तपेन्द्र बहादुर मलातीले गरेका थिए ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • Nabintech