महिला नेतृत्व बिकास कार्यशाला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालको आयोजनामा एक दिने महिला नेतृत्व बिकास सम्पन्न भएको छ ।

बिभिन्न सामाजिक क्षेत्रमा काम गर्ने महिला प्रतिनिधिहरुको सहभागितामा मंगलबार तालिम सम्पन्न भएको हो ।

उत्प्रेरक, प्रशिक्षक सुष्मा पौडेलले प्रशिक्षण दिएको तालिममा नेतृत्वमा हुनुपर्ने गुणहरु, भाषणकला, प्रशंसनिय कला, स्वयं हेरचाह, सकारात्मक सोच लगायतका बिषयमा प्रशिक्षण दिएका थिए ।

४७ जनाको सहभागिता रहेको सो तालिमको उद्धेश्य माथि प्रकाश पार्दै केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले सञ्चालन गरेकि थिईन् भने तालिमका सहभागिहरुलाई तालिम बिभाग प्रमुख रमेश सिटौलाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तालिमको समापनमा निल सागर सेवाश्रमका उपाध्यक्ष नारायण सुबेदी, दिदि बहिनी समाज बाँकेकी अध्यक्ष रमादेवि शाहले प्रतिकृया मन्तव्य व्यक्त गरेका थिए ।

केन्द्रीय सचिव दिला शाहले कार्यक्रमको समापन गरेकि थिईन् ।

  • १ फाल्गुन २०८०, मंगलवार प्रकाशित

  • Nabintech