धनगढीका जनप्रतिनिधिबीच मतभेद, सीमान्तकृतका सवाल अलपत्र

असल शासन प्रतिनिधि

धनगढी/ धनगढीमा जनप्रतिनिधिबिच नै समन्वय नभएको बताईएको छ ।

धनगढीमा मंगलबार एकाउण्टीबिलीटि ल्याब नेपालले गरेको निर्णायक तहमा सीमान्तकृत समुदायको पहुँच र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा बताएका हुन् ।

अझै पनि कुनै पनि काम गर्दा जनप्रतिनिधि बिच नै समन्वय हुन नसक्दा सीमान्तकृत समुदायका समस्याहरू ज्यूका त्यू रहने गरेको कार्यक्रमका सहभागीले बताएका हुन् ।

धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य चक्र बहादुर नेपालीले अझै पनि निर्णायक तहमा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता नभएको बताएका छन् ।

२२ महिना २९ ओटा कार्यपालिका बैठक भएको बताउँदै उनले अहिले विकास भनेको धनगढीमा भौतिक संरचना मात्रै भएको बताएका छन् ।

वर्षमा २ वटा सभा हुन्छ धनगढी उपमहानगरपालिकामा विकास भनेको रोड बनाउनु र भित्ता रंगरोगन गर्ने काम मात्रै भएको उनले बताए । तर, कुनै पनि समुदायका समस्यालाई भने समाधान गर्ने काम भने हुन नसकेको उनको भनाई छ ।

कार्यपालिका सदस्यको नास्ता खाने र हस्ताक्षर गर्ने मात्रै काम गरेको बताउँदै उनले अव देखि यस्तो नगरिदिन हुन आग्रह गरे । उनले आफूहरुसंग पनि समन्वय गरेर अगाडी बढ्नुपर्ने बताए ।

मदरसा नुरनव्वी विद्यालयका अध्यक्ष पप्पु कुरेशीले मुस्लिम समुदायलाई अझै पनि स्थानीय तहले समेट्न नसकेको बताएका छन् ।

उनले अहिले पनि यस समुदायमा शिक्षा, स्वास्थ्य तथा नागरिकताका जस्ता विषयमा समस्या भएको बताएका छन् । जनप्रतिनिधिको दोस्रो कार्यकाल हुँदा पनि अहिले सम्म यहाँ कुनै किसिमको बजेट ल्याउँदा समावेश नगरिएको उनले बताए । आफू पढाई रहेको विद्यालयका एउटा डेस्क बेन्च पनि नहुँदा विद्यार्थीलाई गाह्रो हुने गरेको बताए ।

आफूले ३,४ पटक गएर भन्दा पनि कुनै पनि सुनुवाइ नभएको बताए । एउटा राहत कोटाले मात्रै पनि नहुने उनको भनाई छ ।

जनप्रतिनिधि आफूलाई भोटको रूपमा मात्रै प्रयोग गर्ने गरेको उनको गुनासो गरेका छन् । अझै पनि आफ्ना समस्यालाई जन प्रतिनिधिले सम्झेर समाधान र समन्वय र समझदारी गर्नु जरुरी रहेको बताए । यस समुदायको संस्कृति तथा रीतिरिवाज बाचय राख्न कुनै पनि कार्य नभएको बताए ।

यस्तै थारु कल्याणकारीणि सभाका पूर्व अध्यक्ष माधव थारुले सीमान्तकृत समुदायका लागि धनगढी उपमहानगरपालिकाले केही गर्न नसकेको बताएका छन् । अहिलेका जनप्रतिजीबिच समन्वय र सहकार्य हुन नसक्दा यस समुदायका मानिसहरूको विकास हुन नसकेको बताए । उनले कसैलाई दोष नदिएर अझै पनि समन्वय गरेर अगाडी बढ्न सकिने बताए ।

यस समुदायको विकासका लागि विशेष कार्यक्रम गर्न जरुरी रहेको बताए । यस्तै उनले सबै समुदायको विकासको लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । अहिले जनप्रतिनिधिबिच नै समन्वय नभएको जस्तो देखिरहेको बताएका छन् ।

यस्तै फेडो धनगढीका कोषा अध्यक्ष सरिता शोवले दलित समुदायका मानिसहरूलाई थुर्पै चुनौती रहेको बताएकी छन् । यसका लागि आफूले विभिन्न कार्यक्रम गरिरहेको बताउँदै स्थानीय तहले पनि कार्यक्रम गर्न जरुरी गरेको बताइन् ।

धनगढी उपमहानगरपालिका ७ का वडा अध्यक्ष मोती राना थारुले मेयर तथा उपमेयरले आफूका मुद्दालाई नसुनेर नै एकलौटी रूपमा निर्णय गर्ने गरेको बताएका छन् । उनले एक आपसमा सल्लाह सुझाव नगरेर नै काम गर्ने गुनासो गरे । अहिले सम्म कार्यपालिका बैठक राम्रो सँग हुन नसकेको उनको भनाई छ ।

उनले सबै जनप्रतिनिधि यहाँ धनगढी कै विकाश गर्न आएको हुँदा यहाँ सबैका कुराको समान महत्त्व रहने बताएका छन् । उनले एकअर्कासंग समन्वय र सहकार्य नै नभएमा विकाशको विषयमा सोच्न पनि नसकिने बताएका छन् ।

‘भौतिक विकासले मात्रै मानिसलाई पुग्दैन उनले भने मानवीय विकास हुन पनि जरुरी देखिन्छ ।,’आगामी दिनमा सबैले समन्वय र सहकार्य गरेर अगाडी बढ्यौ भने सबै समुदायका कुरालाई समेट्न सक्ने गरी कार्यक्रम ल्याउन सकिने उनले बताए ।

यस्तै प्रदेश निर्वाचन आयोग धनगढीका प्रमुख प्रेम राज भट्टले निर्णायक तहमा सीमान्तकृत समुदायको पहुँच र सहभागिता हुन नसकेको बताएका छन् । योजना बनाउँदा सीमान्तकृत समुदायको पनि सहभागिता हुनुपर्नेमा त्यस्तो हुन नसकेका उनको भनाई छ।योजना र बजेट बनाउँदा उहाँह्रुका कुरालाई पनि समेट्नुपर्ने उनले बताए ।

अहिले पनि बजेटमा सबैलाई समेट्न सकेका छौ कि छैनौ यो एक पटक हेर्नै पर्ने उनको भनाई छ । धनगढीका नजिकैका वडामा पनि सेवा सुविधा पुग्न नसकेको हुँदा यस विषयमा पनि एक पटक ध्यान दिनुपर्ने बताए ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech