कैलालीमा शिक्षिका बिच कुटाकुट

असल शासन प्रतिनिधि

कैलाली/ कैलालीको मोहन्यालमा शिक्षिकाबीच कुटाकुट भएको छ ।

कैलालीको मोहन्याल गाउँपालिकाको एक विद्यालयमा बालबिकासमा कार्यरत शिक्षिकाले आफ्नै सहकर्मी शिक्षिकाको औँला दाँतले टोकिदिएकी छिन्।

मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुहिनेस्थित अरनिको आधारभूत विद्यालयमा कार्यरत शिक्षिकाबीच कुटाकुट हुँदा औँला टोकिएको हो। प्राथमिक विद्यालयमा स्थायी दरबन्दीमा कार्यरत शिक्षिका देवकी जोशी र वालबिकासमा कार्यरत शिक्षिका रिता बिष्टबीच झगडा भएको थियो। झगडाकै बीच शिक्षिका जोशीको औँला बिष्टले टोकिदिएकी थिइन्।

माघ २६ गते शुक्रबार विद्यालय समयमा दुवै शिक्षिकाबीच झगडा भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले बताए । बालविकासमा कार्यरत शिक्षिका बिष्टले आफ्नो औँला टोकेको शिक्षिका देवकी जोशीले बताएकी छन् ।

जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रधानाध्यापकलाई जानकारी गराई धनगढीस्थित घरमा बसेको बताएकी छन् । विद्यालय व्यबस्थापन समितिले दुबै पक्षलाई छलफल गराई बिवाद मिलाउन माघ २९ गते बैठक राखिए पनि उक्त बैठकमा दुवै पक्ष अनुपस्थित रहेको समितिकी अध्यक्ष हस्तनाकुमारी माझीले बताएकी छन् ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech