दुर्घटनाबाट जोगियो श्री एअरको जहाज

यात्रु भन्छन् - भाग्यले बाँचियो

असल शासन प्रतिनिधि

काठमाडौं/ श्री एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

सुर्खेतबाट काठमाडौं आउँदै गरेको जहाजको फ्ल्यापमा समस्या आएपछि दुर्घटनाको जोखिममा रहेको थियो ।

काठमाडौंमा अवतरण हुनै लाग्दा पाङ्रा नखुलेपछि जहाज पुन: आकाश तर्फ उडेको थियो ।

आकस्मिक अवतरणको तयारी भइरहेको अवस्थामा पौने घण्टा भन्दा बढी आकाशमै उडेको थियो ।

४.२२ मा उडेको जहाज ५.४८ मिनेटमा मात्रै काठमाडौ अवतरण गरेको थियो ।

विमानस्थल कार्यालयका अनुसार, उक्त जहाजमा समस्या आएका कारण इन्धन खपत गरेर मात्रै अवतरण गर्नुपर्ने भएकोले काठमाडौं माथिको आकासमा उक्त विमानस्थलले परिक्रममा गरिरहेको थियो ।

आकस्मिक अवतरणको तयारी भईरहेकै बेला प्राबिधिक समस्या समाधान भएपछी जहाज अवतरण भएको थियो ।

जहाज अवतरण गर्नै लाग्दा पुनः आकाशमा उडाउनुका साथै जहाज हल्लिदा सबै यात्रु आत्तिएको सोही बिमानमा यात्रा गरेका सुर्खेतका राम बहादुर बटालाले बताए ।

उनका अनुसार, जहाजमा प्राबिधिक समस्या आएको बारे होस्टेजले जानकारी गराएकि थिइन् ।

बटालाले भने- जीवनकै अन्तिम दिन जस्तो लागेको थियो, भाग्यले बाँचियो ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech