दाङमा महिला प्रहरीको गोलि हानी हत्या

असल शासन प्रतिनिधि

दाङ/दाङमा गाेली हानेर एक जनाकाे हत्या भएकाे छ ।

घाेराहीकाे दामाेदर चाेकमा डिउटीमा रहेका महिला प्रहरीकाे गाेली हानेर हत्या गरिएकाे हाे ।

वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाकाे गाेली उनकै श्रीमानले गाेली हानेर हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ । घटना करिब साढे ७ बजे भएकाे हाे ।

गाेली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखाेलाबाट पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ । झाक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेकाे प्रहरीले बताएकाे छ ।

  • ३ फाल्गुन २०८०, बिहीबार प्रकाशित

  • Nabintech