पब्लिक स्पिच कंचनपुरको पहिलो अडिसन सम्पन्न

असल शासन प्रतिनिधि

कंचनपुर/ बास नेपाल कञ्चनपुर शाखाको आयोजनामा ‘पब्लिक स्पिच कञ्चनपुर’ दोस्रो सिजनको पहिलो राउण्ड बिहिवार सम्पन्न भएको छ ।

जिल्ला भरीका विभिन्न कलेज र विद्यालयलाई मध्यनजर गरि फागुन ४ गते ‘पब्लिक स्पिच कञ्चनपुर दोस्रो सिजनको पहिलो दिन छनोट प्रतियोगिता सम्पन्न भएको हो ।

जम्मा २९ जना प्रतियोगिको सहभागि रहेको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशमा आर्थिक विकासको सम्भावना, भ्रष्टाचार नियन्त्रणमा नागरिकको भुमिका, बढ्दो बेरोजगारी आजको समस्या र यसको समाधान लगायत ३ वटा बिषयहरु राखिएको थियो ।

बास नेपाल कन्चनपुर शाखाका उपाध्यक्ष कृष्ण सिह धामीले स्वागत गरेको कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष चक्र प्रसाद पन्तले गरेका थिए भने प्रमुख अथिती जिल्ला समन्वय समितिका कन्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए । अतिथिहरुमा सुदूरपश्चिम विश्वविद्यालयका सहायक डिन हरि शंकर पन्त, सोही विश्वविद्यालयका उपप्राध्यापक रमेश कुमार साउद र भिमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख कलावती कुमारी मिश्र रहेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष पन्तले युवामा नेतृत्वको क्षमताको विकास गर्ने, कला कौशल र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताएका थिए ।

समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले बिद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न पब्लिक स्पिच उपयुक्त बन्ने जनाए ।

कार्यक्रममा निर्णायक समितिका संयोजक विश्वविद्यालयका सहायक डिन हरीशंकर पन्तले बोल्नेको मुठीमा संसार रहेको र यस्ता स्टेज कार्यक्रमहरुले विध्यार्थीहरुमा बाह्रय ज्ञानको वृद्धि हुने बताए ।

पब्लिक स्पिच कञ्चनपुर दुई चरणमा सम्पन्न हुनेछ। अडिसन राउण्डमा सहभागि २९ जना प्रतियोगी मध्ये १५ जना पहिलो चरणबाट नै बाहिरीएका छन भने १४ जना प्रतियोगी फिनाले राउण्डका लागि छनोट भएका छन । उक्त फिनाले राउण्ड यहि फागुन ९ गते हुने भनिएको छ ।

बास नेपाल कञ्चनपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा बिग एजुकेशन कन्सल्टेन्सी मुख्य प्रायोजन रहेको थियो भने कार्यक्रममा बेदकोट नगरपालिका, दोधारा चाँदनी नगरपालिका, भिमदत्त नगरपालिका, आगन डेरी, विपिन बुक्स एण्ड स्टेशनरी हाउस, पछ्याण वेयर्स,  ज्ञान भण्डार, चौलानी पुस्तक पसल, जिवी आइडल ग्रुप, अरुण रेष्टुरेन्ट एण्ड मःम हाउस, बर्गर हाउस र टिमयुज लगायतको सहकार्य रहेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयका सहायक डिन हरि शंकर पन्त, सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक रमेश कुमार साउद र भिमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख कलावती कुमारी मिश्र सहित ३ जना निर्णायक रहेको कार्यक्रमको संचालन बास नेपाल कञ्चनपुर शाखाका निवर्तमान अध्यक्ष पुस्कर राज पन्तले गरेका थिए ।

उक्त प्रतियोगितामा प्रथम हुनेलाई १२ हजार, दोश्रो हुनेलाई ८ हजार तेश्रो हुनेलाई ५ हजार र सान्तोना लाई २५०० रुपैयाँ नगदका साथै ट्रफि र प्रमाणपत्र पनि प्रदान गरिनेछ भने पब्लिक च्वाइस अवार्डको पुरस्कार रकम ५००० रहेको छ ।

कार्यक्रममा एक सय भन्दा बढिको उपस्थितिको रहेको थियो ।

  • ४ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech