बास नेपालका पूर्ब केन्द्रीय महासचिवलाई पितृ शोक

बास नेपालद्वारा शोक प्रकट

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ बास नेपालका पूर्व केन्द्रीय महासचिब छबिलाल सुनारका पूज्यनीय पिता कलिराम सुनारको माघ २८ गते राती निधन भएको छ ।
सुनारको सुर्खेत मेलकुना स्थित निवासमा निधन भएको हो ।

हिन्दु परम्परा अनुसार वहाँको माघ २९ गते अन्तिम दाह संस्कार गरिएको छ ।

२००१ साल असार ५ गते जन्मिनु भएका वहाँको निधन प्रति दुःख व्यक्त गर्दै बास नेपालले शोक बक्तव्य प्रकाशन गरेकोछ ।

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहद्वारा जारी शोक बक्तव्यमा भनिएको छ – वहाँको निधनबाट बास नेपाल अत्यन्तै मर्माहत बनेको छ । यस दुःखद घडीमा दिबङ्गत आत्माको चिरशान्तीको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech