कार्यकारी निर्देशक शाह लगायतलाई सम्मान

असल शासन प्रतिनिधि

कोहलपुर, बाँके/ कोहलपुर डेण्टल हस्पिटलले बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह लगायतलाई सम्मान गरेको छ ।

हस्पिटलको २० औं बार्षिकोत्सवको अवसरमा शनिवार सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको हो ।

सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै हस्पिटलमा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेमा कार्यकारी निर्देशक शाह लगायत रेरी चिसापानीका अध्यक्ष पुनित बिक्रम शाह, ओसिडिसिका अध्यक्ष डिल बहादुर परियार, समाजसेवी माधबी शाह रहेका छन् ।

हस्पिटलका प्रबन्ध निर्देशक गजेन्द्र शाहीले सम्मान पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech