बानु र शर्मा सम्मानित

रबिन्द्र बोहरा - अभिलेखिकरण अधिकृत, बास नेपाल

सुर्खेत/वीरेन्द्रनगर सुर्खेतमा स्वस्थ्यको क्षेत्रमा समुदाय स्तरमा प्रेरणादायी कार्य गरेका दुईजना युवा आमाहरु सम्मानित भएका छन् । वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि कार्यक्रममा उक्त दुईजना महिलाहरुलाई सम्मान गरिएको हो । युनिसेफको सहयोगमा बास नेपालद्धारा संचालित सामाजिक व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत विरेन्द्रनगर नगरपालिकामा रहेर समुदायि स्तरमा खोप, बाल विवाह न्यनीकरण तथा स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको आधारमा विरेन्द्रनगर नगरपालिका वडा नं. १० का सुरत जाँहा बानु र मनिसरा शर्मा जनहि ५ हजार बराबार नगद तथा जिन्सि मार्फत सम्मानित भएका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १० को स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उप प्रमुख निलकण्ड खनाल, वडा नं.१० का वडा अध्यक्ष दिल बहादुर रखाल, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले संयुक्त रुपमा उक्त सम्मान प्रदान गरेका थिए । सम्मान प्रदान समारोहमा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ड खनालले समाजमा सकारात्मक काम गर्ने आमा दिदीबहीनीहरुले गरेका कामका साधारणतय सरोकारवालाको तर्फबाट मूल्यांकन नभएको भए पनि समाजमा परिवार र समाज रुपान्तरणको मार्गमा आमा तथा दिदी वहिनीहरुको ठूलो योगदान हुने कुरा स्मरण गराउँदै यो सम्मानले विरेन्द्रनगर नगरपालिका भरका सम्पूर्ण आमाहरुमा सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।
वडा नं. १० का वडा अध्यक्ष दिल बहादुर रखालले आफ्नो वडाको दिदिबहिनीहरु यसरी सम्मान प्राप्त गर्न योग्य भएकोले आफुलाई खुसीको महसुस भएको र आगामी दिनमा महिला दिदीबहिनीहरुले अझै थप काम गर्न यो सम्मानले उत्प्रेरणा प्रदान गरेको बताए । सम्मान प्रदान समारोहको स्वागत बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले गरेका थिए भने कार्यक्रमको उदेश्य सुर्खेत जिल्ला अध्यक्ष अमर शाहीले गरेका थिए ।

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech