प्रहरी प्रभागमा गोलि चल्यो

असल शासन प्रतिनिधि

प्रहरी प्रभागमा गोलि चल्यो

काठमाडौं/ प्रहरी प्रभाग काठमाडौं बलम्बुमा पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन् ।

आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएका छन् ।

इन्स्पेक्टरले आफ्नो ड्युटी सकेर पेस्तोल बुझाउनेक्रममा दुर्घटनावश पड्किएर उनका आफ्नै बडिगार्ड घाइते भएको बताइएको छ।

घाइते बडिगार्ड सिपाही आशिष जैसवालको उपचारका लागि एपिएफ अस्‍पताल लगिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एक जना सर्वसाधारणको पनि खुट्टाको औंलामा सामान्य चोट लागे पनि उनी उपचारपछि घर फर्किसकेका छन‍्। इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।

  • ६ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech