परमेश्वरको मण्डलीद्धारा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगन्ज / परमेश्वरको मण्डलीद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपालगन्ज परमेश्वरको मण्डलीको आयोजनामा भएको उक्तदान कार्यक्रममा ४९ जनाले रक्तदान गरेका छन् । परमेश्वरको मण्डलीका अध्यक्ष विकास अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकका उप प्रमुख कमरुद्धिन राईको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि राईले रक्तसंकटको अवस्थामा रक्तदान कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रति आभार ब्यक्त गरे । उनले सबैलाई नियमित रत्तदान गर्न अपिल गरे ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष गोपाल पुन, रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, भेरी बस ब्यवसायि समितिका अध्यक्ष जुन बहादुर थापा, बिरेन्द्रनगर मण्डलीका प्रमुख मोहन सुनुवार, नेकपा एमाले बाँकेका पूर्ब अध्यक्ष निरक गुरुंग लगायतले बोलेका थिए । उदय राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले गरेका थिए भने कार्यक्रमको उद्धेश्य माथि प्रकाश अध्यक्ष विकास अधिकारीले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था तथा निकायका १०० बढीको सहभागिता रहेको थियो ।

 

  • ७ फाल्गुन २०८०, सोमबार प्रकाशित

  • Nabintech