भुकम्पबाट ज्यान गुमाएका ३१ परिवारलाई नगद सहयोग

हेम राज भट्ट

मोरिङ्गा फर लभ अमेरिकी सामाजिक सस्थाले भुकम्प प्रभावित जाजरकोट १ मा प्रभावितलाई आर्थिक सहयोग गरेको छ ।
भुकम्पबाट ज्यान गुमाएका ३१ परिवारलाई जनही १३ हजारका दरले नगद सहयोग गरेको हो । सहयोग कार्यक्रममा सस्थाका निर्देशक डाक्टर प्याट्रीक चौ ले भुकम्प गएको बेला तत्काल केही सामाङ्ग्री सहयोग गरेको र अहिले पिडितलाई दैनिक परिवार चलाउन नगद सहयोग गरेको बताए । प्रभावितलाई भेट्न जाजरकोट पुगेका डाक्टर प्याट्रीकले असल शासनसँग कुरा गर्दै भने प्रभावित परिवारलाई जति सान्तोना दिए पनि कम हुन्छ तर पीडा बिस्तारै बिर्सनु पर्छ यो नियतीको नियम हो ।


उनले भेरी नगरपालिका वडा ३ मा पुगेर अलि भए पनि पिडामा मलम लगाउन सकेकोमा खुसी लागेको बताए । उनले जाजरकोट बसाईको क्रममा सितलचिनी एक जीवन बुटि भएकाले सबैलाई सितलचिनी उपहार दिएर फर्किने बताए ।
वडामा भएको कार्यक्रममा हरित अभियन्ता हेमन्त राज काफलेले सितलचिनिको फाईदाका बारेमा जानकारी गराएका थिए । डाक्टर दिल बहादुर तामाङ ले दैनिक आहार र व्यवहार को बारेमा बोलेका थिए । भेरी नगरपालिका वडा ३ का वडा अध्यक्ष दिपक रानाले पहिलो पटक सितलचिनिको बारेमा थाहा भएको कताउदै यती धेरै महत्त्व बोकेको बिरुवा वडाका विभिन्न स्थानमा लगाउने र मोरिङ्गा जोन वडा बनाउने जनाए । उनले मोरिङ्गा फर लभले सहयोग गरेको मा मोरिङ्गा फर लभ परिवार लाई धन्यवाद ज्ञापन गरे । वडाका ५० बढी स्थानीयहरुको सहभागिता रहोको कार्यक्रममा सिङ्गापुर कि जस्मिन लि ले स्वास्थ्य टिप्स दिएकी थिईन् ।


फाल्गुन ८ गते नै मोरिङ्गा फर लभ टिम ले भेरी नगरपालिकामा सितलचिनी सचेतना कार्यक्रम गरेको छ । भेरी नगरपालिकाका उपमेयर सीता गौतम लगायतको उपस्थ्तिीमा उक्त सचेतना कार्यक्रम गरेको थियो ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech