अछाममा जिप दुर्घटना, एकको निधन, चौध घाईते

असल शासन प्रतिनिधि

अछाम/ अछामको लुग्राबाट साँफेबगर आउने क्रममा जिप चौरपाटी गाउँपालिका–५ लुग्रामा दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।  १४ जना घाइते भएका भएका छन् ।

घाइते मध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेका थिए। डोटीको पूर्वीचौकी गाउँपालिका–४ घर भई आमासँगै मावली घर लुग्रा आएका १८ महिनाका इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

  • ९ फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech