भेरी प्राबिधिकमा रक्तदान

असल शासन प्रतिनिधि

नेपालगन्ज/ भेरी प्राबिधिक शिक्षालय नेपालगन्जको ३६ औं परिषद् दिवसको अवसरमा शुक्रवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शिक्षालयमा युबराज पराजुलीको संयोजकत्व रक्तदान कार्यक्रम सम्पन्न गरिएको शिक्षालयकि भावना सापकोटाले जानकारी दिईन् ।

उनका अनुसार, उक्त कार्यक्रमका शिक्षक र विद्यार्थी गरेर जम्मा ८८ जनाले रक्तदान गरेका थिए ।

शिक्षालयले चैत्र १ गते दिवस मनाउने गरेको छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech