घोडाघोडीमा दुई जनालाई सम्मान

असल शासन प्रतिनिधि

कैलाली/ बास नेपालले कैलालीको घोडाघोडी नगरपालिकाका २ जनालाई सम्मान गरेको छ ।

बालविवाह रोक्नुका साथै न्युनीकरणमा भुमिका निर्वाह गरेको भन्दै घोडाघोडी नगरपालिका वडा न १० कि सुमित्रा बिक र नियमित खोपका बारेमा समुदायमा जनचेतना जगाउनुका साथै गर्भवती चेकजाँच, सुत्केरी चेकजाँचमा नियमितता गरेकोले वडा न १ कि प्रेम कुमारी भण्डारी सम्मानित भएका हुन् ।

सम्मानित कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका प्रमुख खडक रावतले सम्मान गर्ने कार्यले काम गर्नका लागि थप प्रेरणा मिल्ने बताए । अन्य महिलाहरुले पनि सामाजिक परिवर्तनका कार्यमा अग्रसर हुनुपर्ने बताउँदै उनले भने- बास नेपालले गरेका कार्यहरू प्रभावकारि छन ।

कार्यक्रममा बास नेपालका कार्यकारि निर्देशक नमस्कार शाहले बास नेपालको बारेमा जानकारी दिएका थिए ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा घोडाघोडी नगरपालिकाको सहकार्य र बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोण मार्फत सामाजिक तथा व्यवहार परिवर्तन कार्यक्रम अन्तर्गत उनीहरुलाई सम्मान गरिएको हो ।

 

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech