जुङ्गे महादेवको मन्दिर नयाँ बन्दै

असल शासन प्रतिनिधि

नेपालगन्ज/ बाँकेको नेपालगन्जस्थित प्रशिद्ध जुङ्गे महादेवको मन्दिर जिर्णोद्धार भईरहेको छ ।

श्री बागेश्वरी मन्दिर पूर्व रहेको तलाउको बिचमा अवस्थित खडेश्वर जुङ्गे महादेवको मन्दिर जाने बाटो र मन्दिर जिर्ण भएपछी जिर्णोद्वार गर्न लागिएको हो ।

अहिले जुङ्गे महादेवको मूर्ति मन्दिर परिसरको यज्ञ भवनमा राखिएको छ ।

सिद्धपोखरीको बीचमा वि.सं. २००६ सालमा स्थापना गरिएको खडेश्वर जुङ्गे महादेवको प्रतिमा भएको मन्दिर तथा पुल ७४ वर्षपछि पहिलो पटक पूर्णरूपमा भत्काएर नयाँ बनाउन लागिएको छ ।

उक्त मन्दिर र मन्दिर जाने पुल नयाँ बन्नुका साथै आउने, जाने बाटो फरक बनाईने भएको छ । मुर्ति नयाँ राख्ने कि पुरानै मुर्तीलाई मर्मत गरेर राख्ने बिषयमा छलफल भईरहेको बागेश्वरी गुठिले जनाएको छ ।

गुठिका अनुसार भारतबाट कालिगड बोलाएर मुर्ति निकालिएको हो ।

  • १२ फाल्गुन २०८०, शनिबार प्रकाशित

  • Nabintech