बाजुराको पादुका धाम तिर्थालुजनको पर्खाइमा

पवनराज उपाध्याय

बाजुरा जिल्लामा सम्भावना बोकेका पर्यटकिय स्थलका साथै धार्मिक क्षेत्रहरु धेरै छन । जसको बर्णन गर्न र तारिफ जति गरेपनि कमै हुन्छ । त्यस्तै बाजुरा जिल्लाको कुन्ना क्षेत्रको पादुका त्रिवेणी धाम लाई धार्मिक र पुरातात्त्विक सम्पदाको रुपमा लिन सकिन्छ । हामिले आफ्नो पुर्खाले तपस्या गरेका र धुनी बालेको स्थानको रुपमा पनि बिश्वास गर्ने गर्दछौ।

सति देबि माताको पाउ पतन भएको र भगवान शिबले स्वयम यस स्थानमा आएर तप गरेको र बिराजमान हुनुभएको पनि बिश्वास रहिआएको छ।। हुन पनि ठ्याक्कै हेर्दा अहिले पनि त्यो स्थानमा सति देबि माताको पाउ स्पस्ट रुपमा जो कोहिले पनि देख्न सक्छन । साथै प्रत्येक दिन उक्त स्थानको मुनितिर बाट शिव भगवानले ध्यान गरेको जस्तो ध्वनी सधै गुन्जायमान भएको सुनिन्छ।

धार्मिक रुपले प्रसिद्ध यो स्थानमा अहिले विभिन्न भक्तालुजन र चंदा दाताहरुको सहयोग र स्थानिय सरकार प्रदेश स्तरबाट सहयोगका कार्यक्रम भैरहेपनी पुर्ण रुपमा बिस्तार हुन सकेको छैन । राज्यको नजरबाट पर रहेको बाजुराका सम्भावनाहरुलाई उजागर गर्नमा महत्वपुर्ण भुमिका निर्बाह गर्नु जरुरी देखिन्छ । सनातन धर्म र धार्मिक मान्यतालाई आधार स्तम्भको रुपमा स्थापित गर्नुमा यस्ता धार्मिक सम्पदाहरुको विशेष भुमिका रहेको हुन्छ । हामिले इतिहास र दर्सनको अध्ययन गर्नुमा यस्ता सम्पदाको अबलोकन बाट मात्र धेरै तथ्यहरु जान्न सकिन्छ। राज्यले यस क्षेत्रमा ठूलो रुपमा बजेटको बिनियोजन गर्नु जरुरी छ। पर्यटन तथा प्रबर्द्धनको आधार हरु तय गरि थुप्रै आगन्तुकहरुलाइ आमन्त्रित गर्ने बाटो खुलाउन सकेमा पनि धेरै फाइदा हुने देखिन्छ

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech