काँग्रेस महासमिति सदस्य हमालद्वारा राजिनामा

असल शासन प्रतिनिधि

बाँके/ नेपाली काँग्रेस महासमिति सदस्य गजेन्द्र बहादुर हमालले पदबाट राजिनामा दिएका छन् ।

नेपाली काँग्रेस बाँकेका सभापतीलाई सम्बोधन गर्दै हमालले आईतवार राजिनामा दर्ता गरेका हुन् ।

काठमाडौंमा सम्पन्न पार्टीको महासमिति बैठकमा हिन्दु राष्ट्र स्थापनाका लागि १ हजार ४६ जना महासमिति सदस्यहरुले संयुक्त रुपमा निबेदन बुझाउँदा पनि सो बिषयलाई बैठकमा प्रवेश नगराएको भन्दै रुष्ट बनेका नेता हमालले राजिनामा दिएका हुन् ।

उनले दिएको राजिनामामा काँग्रेसको महासमितिको बैठकमा सनातन हिन्दु राष्ट्रको माग राख्दै ५० प्रतिशत भन्दा बढि महासमितिका सदस्यहरुले हस्ताक्षर गरि बुझाएको पत्र मात्र दर्ता भई महासमितिको बैठकमा प्रबेश समेत नपाएको हुँदा हिन्दु राष्ट्र हुनु पर्ने माग गर्ने सबै साथीहरुको भावना, चाहना र मागलाई उपेक्षा गरिएको हुँदा राजिनामा दिएको छु ।

हमाल पुराना काँग्रेशी नेता हुन् । बाँकेको पूर्ब सभापती समेत रहेका हमाल पूर्ब बाणिज्य तथा आपुर्ती मन्त्री समेत हुन् ।

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech