सिम्तामा ठोक्किए ट्याक्टर र मोटरसाइकल

सुर्खेतका रानाको निधन

असल शासन प्रतिनिधि

सुर्खेत/ सुर्खेतको सिम्तामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २८ वर्षीय विजय राना रहेका छन् ।

सल्यानको सल्लीबजारबाट सुर्खेतको गोजी बजारतर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ १ त ४५ नम्बरको ट्याक्टर सिम्ता गाउँपालिका–६, जामुनेबजारमा एक आपसमा ठोक्किएका थिए ।

रानाको घटनास्थलमै मृत्यू भएको हो भने मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरीको अवस्था गम्भीर छ । उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech